कवि तारकिणीको उपचारका लागि ४ दिनमा ३ लाख जुट्याे, थप सहयाेगको आह्वान
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
1k
Shares
काठमाडौँ। सगरमाथा साहित्य प्रतिष्ठानले कवि राजेन्द्र तारकिणीको सहयोगार्थ सुरु गरेको विश्वव्यापी अभियानमा सहयोग रकम जुट्ने क्रम जारी छ ।
अहिलेसम्म देशविदेशमा रहेका शुभचिन्तकहरुमार्फत करिब ३ लाख बराबर रकमको कबोल आएको छ । यसमध्ये सम्बन्धित खातामा पठाउने क्रम पनि जारी छ ।
हाँडे रोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका तारकिणी साहित्य लेखन तथा पत्रकारितामा विगत एक दशकदेखि सक्रिय हुनुहुन्छ । उहाँको श्रवणशक्ति पुनः प्राप्तीका लागि सगरमाथा साहित्य प्रतिष्ठान, केन्द्रीय कमिटी यएईले “आर्थिक सहयोग संकलन अभियान” चलाएको हो ।
प्रतिष्ठानले उहाँको उपचारका लागि हरेक क्षेत्र र तह–तप्काबाट आर्थिक सहयोग प्रदान गरेर अभियानलाई सफल बनाइदिन आह्वान समेत गरेको छ । यसअघि अभियान चलाउने समाचार प्रकाशित भएकाे थियाे, त्यसयता ४ दिनको अवधिमा देश-विदेशमा रहेका ७० जनाबाट २ लाख ९० हजारभन्दा बढी रकम बराबरको सहयोग बोलकबोल भएको हो । केही शुभचिन्तकले नाम उल्लेख गर्न नचाहेकाे र अन्य छुटेका तथा नयाँ अाउने नामहरू क्रमशः अपडेट गरिँदै जाने प्रतिष्ठानले जनाएकाे छ । विभिन्न देशमा रहेका साहित्यप्रेमी तथा सहयोगी व्यक्तित्वहरुले यसबारे चासो राख्ने क्रम समेत बढेको छ ।
काठमाडौँ महाराजगन्जस्थित त्रि.वि. शिक्षण अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. रविन्द्रभक्त प्रधानाङ्गको टोलीले उहाँको अप्रेसनमार्फत उपचार गर्ने तयारी गरिरहेको छ । डा. प्रधानाङ्गका अनुसार कवि तारकिणीको दायाँ कानमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ गरेको खण्डमा उहाँको श्रवणशक्ति पुनः प्राप्त हुनेछ भने बोलीमा समेत सुधार हुनेछ ।
‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि सुरुमै कम्तीमा १९ लाखजति खर्च हुने बताइएको छ । यसमा नियामानुसार हुने सरकारी सहुलियतबाहेक करिब १२ लाख रकम अपुग भएकोले उक्त सहयोग अभियान सुरु गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले बताउनुभयो । सामान्य आर्थिक अवस्थाका तारकिणीले उक्त सबै खर्च धान्न नसक्ने भएको कारण आर्थिक सहयोगका प्रतिष्ठानले अग्रसरता लिएको उहाँको भनाइ छ ।
यो प्रविधिबाट उपचार गराउँदा खर्चिलो रहेको बताइएको छ । तर यसबाहेक अन्य विकल्प पनि छैन । वार्षिक रुपमा नियमित म्यापिङ तथा अन्य थेरापी, मर्मत–सम्भारवापत कम्तीमा पचास–साठी हजार खर्च छुट्याइराख्नुपर्ने त्रि.वि शिक्षण अस्पतालकै मुख्य श्रवण विशेषज्ञ डा. सुरेश्वर लाल कर्णले बताउनुभएको छ ।
कवि तारकिणीको श्रवणशक्ति प्राप्तिका लागि चालिएको यो अभियानमा स्वेच्छिक रुपमा सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संघ–संस्थाहरुले तल उल्लेखित विवरणमा सम्पर्क गर्न र सहयोग रकम पठाउन सकिने प्रतिष्ठानले जनाएको छ ।
सहयोग रकम पठाउन लागि बैंक खाता :
नाम : Rajendra Prasad Pant
बैंक : Global IME Bank Ltd / Kantipath Branch
खाता नम्बर : 0107010024497
-----
बैंक : NIC Asia Bank Ltd / Sukedhara Branch
खाता नम्बर : 2887931058524001
===========================
E-Sewa/Khalti wallet :
+977-9861606136 (Rajendra Prasad Pant)
–––––––––––––
Email – [email protected]
Viber – +977- 9849560709
फेसबुक : rajendra.tarakini
थप जानकारीका लागि : +977-9849560709 (तारकिणीका दाइ)
सगरमाथा साहित्य प्रतिष्ठानमा सम्पर्कः
प्रतिष्ठानको what'sapp नम्बर - +971-545643900
फेसबुक- https://www.facebook.com/sagarmathasahityapratishthan
---------------
केन्द्रीय अध्यक्ष : जीवित खड्का मगर (https://www.facebook.com/jeevit.khadka)
फोन नं.- +971-525347997
––––––––––––––––––––
केन्द्रीय महासचिव- डिजी शर्मा (https://www.facebook.com/dipak.gautam.1232)
फोन नं.- +971-545844855