कांग्रेस उम्मेदवार प्रशान्त विष्टले गराए नेपालगन्जको मेयरमा उम्मेदवारी दर्ता
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
647
Shares
नेपालगन्ज । नेपाली कांग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका मेयरका उम्मेदवार प्रशान्त विष्टले मनोनयन दर्ता गरेका छन् ।
२ बजेर ५२ मिनेट जाँदा विष्टले उम्मेदवारी दर्ता गरेका हुन् । पार्टी कार्यालयबाट बाजागाजासहित ठूलो सङ्ख्याका कांग्रेस नेता कार्यकर्ताहरू मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
केन्द्रीय सदस्य मैकुलाल वाल्मीकि, निवर्तमान सभापति किरण कोइराला, जिल्ला कार्यसमितिका उपसभापति गोपाल अधिकारी, निवर्तमान उपसभापति सुनिल नरसिंह राणा, प्रदेश कमिटी सदस्यहरू प्रमेश्वरी पाठक, प्रेम केसी, कृष्णा सापकोटा, दीक्षा कोइराला, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव रेणु सिंह ठाकुर, नेपालगन्जकी उपमेयर उमा थापा मगर, महासमिति सदस्य सुरेश कनोडिया लगायत नेता कार्यकर्ता मनोनयन दर्ता स्थल पुगेका थिए ।
यसै गरी २३ वटै वडाका वडा अध्यक्षका उम्मेदवार र सदस्यहरूले पनि मनोनयन दर्ता गराएका छन् ।