नवलपुर । नवलपुरमा एक पुरुषको शव भेटिएको छ । जिल्लाको बौदिकाली गाउँपालिका वडा नं. २ डेढगाउस्थित केरमटारको बाँसको झ्याङमा शव फेला परेको प्रहरीले जनाएको छ ।
शव भेटिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Hamrakura.com