arrow

सुनीलको ‘चन्द्रमा’ को म्युजिक भिडियो सार्वजनिक [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
sunil-bishwakarma-singer.jpg

काठमाडौं । गायक सुनील विश्वकर्माको स्वरको गीत ‘चन्द्रमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। विप्लपराज पोख्रेलले निर्देशन तथा सम्पादन गरेको गीतको भिडिओमा अभिनेता सन्दिपबाबु लोहनी र अभिनेत्री गीता ढुंगानाले अभिनय गरेका छन् । 

गोल्डेन आभाष इन्टरटेन्मेण्टको प्रस्तुति तथा लगानीमा तयार यस गीतका संगीतकार मनिष चौधरी हुन् भने रञ्जन पोख्रेलको शब्द रचना रहेको छ। गीतका एरेन्जर आल्मोडा राणा उप्रेती हुन् । 

उदीयमान गायक सुनील गत वर्ष नेपाल टेलिभिजनबाट प्रसारित नेपाल स्टार तथा एपीवन टेलिभिजनबाट प्रसारित नेपाल आइडलबाट बाहिरिएका निकै बलिया प्रतिस्पर्धी थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ