arrow

आयो डा चिन्तामणिको ‘गोरखवाणी’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
278414539_313678360891374_1631652349337466962_n.jpg

काठमाडौं । गुरु गोरखनाथका वाणीहरुमा आधारित रहेर डा. चिन्तामणिनाथ योगीद्वारा लेखिएको ‘गोरखवाणी’ पुस्तक सार्वजनिक भएको छ । गोरखनाथका कालजयी वाणीहरुमा आधारित रहेर यसअघि तयार गरिएको ५१ सृंङ्खला लामो अडियो तथा भिडियो प्रवचनहरुमा आधारित रहेर तयार गरिएको पुस्तकमा ५२ वटा मानजीवन मूल्यमा आधारित गोरखवाणीको वर्णन र गोरखनाथसँग सम्बन्धित अन्य सन्देशहरु समावेश गरिएका छन् । 

उक्त पुस्तकको लोकार्पण पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले गरेका हुन् । उनले पुस्तक विमोचनमा बोल्दै आधुनिक समाजलाई एकदमै उपयोगी हुने सन्देशहरु गोरखवाणीमा समावेश भएको र गोरखनाथका वाणीहरु सरल र सरस रुपमा डा. योगीबाट प्रस्तुत भएको बताए । उनले गोरखवाणी सधैँका लागि र सबैका लागि उपयोगी हुने भएकाले यस पुस्तकको बढीभन्दा बढी प्रचारप्रसार हुनुपर्नेमा जोड दिए । 
 
पुस्तकका लेखक डा चिन्तामणि योगीले गुरु गोरखनाथप्रति नेपाली समाज सँधै ऋणी रहेको बताए । गोरखनाथको बारेमा थोरै लेखिएको र गोरखनाथका सन्देशहरुले मानवमूल्यका बारेमा धेरै कुरा बोलेको उनले बताए । 

गोरखनाथका कालजयी वाणीहरु आफ्ना लागि पथप्रदर्शक भएको पनि उनले बताए । आदिनाथ, मत्स्येन्द्रनाथ, गोरखनाथलगायत समस्त नाथ परम्पराबारे जानकारी दिन यो पुस्तक उपयोगी हुने विश्वास लिएको डा योगीले बताए । 

पुस्तकको भूमिकामा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले गोरखनाथ विश्व सम्पदाजस्तै सबैको साझा सम्पत्ति भएको र यसमा आध्यत्मिक चिन्तन, दर्शन र परम्परा रहेको बताएका छन् । 

गोरखनाथको महिमाका बारेमा पुस्तकले निकै उपयोगी जानकारी बाहिर ल्याएको र यसले थोरै भएपनि गोरखनाथ परम्पराबारे जानकारी दिने विश्वासउनले व्यक्त गरे  । 

नयाँ वर्षको उपलक्ष्यमा शान्ति सेवा आश्रमले आयोजना गरेको कार्यक्रममा विश्व हिन्दू महासंघका अध्यक्ष डा रामचन्द्र अधिकारी, श्रीओम श्रेष्ठ रोदन, समाजसेवी किरण थापा, इन्जिनियर राजुप्रसाद उपाध्याय, रमेश खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ