arrow

सङ्घीय सरकारसँग लड्दै मधेस सरकार : विद्रोह स्वरूप मन्त्रालयको नाम फेर्ने

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
bharat-prasads.PNG

जनकपुरधाम। मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरि ‘गृह तथा सञ्चार’ राख्ने तयारी थालेको छ।

बिहीबार महोत्तरीको बर्दिबासमा मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले सङ्घीय सरकारसँग लड्दै अब मन्त्रालयको अधिकारको लागि मन्त्रालयको नाम परिवर्तनबाट शुरु गर्ने बताएका छन् ।

कार्यक्रममा  बोल्दै मन्त्री साहले तत्काल मन्त्रालयको नाम फेर्ने तयारीमा थिएँ, तर स्थानीय तह निर्वाचनको आचारसंहिताले तत्काल नाम फेर्ने काम रोकिएको बताए ।  मधेसको शान्ति सुरक्षामा प्रहरी समायोजन गर्न सङ्घले आलटाल गरिरहेकोले अब विद्रोह स्वरूप मन्त्रालयको नाम फेर्ने र प्रदेशमा प्रहरी भर्नाको प्रक्रिया अगाडि बढाउने जानकारी गराए।

मन्त्री साहले भने, ‘सङ्घले प्रहरी व्यवस्थापनमा सघाएन भने मधेसका प्रहरी चौकीहरू खाली गराउने छौ। स्थानीय चुनावपछि सम्म सङ्घले प्रहरी समायोजन नगरे हामी अध्यादेश नै ल्याएर भर्ना खोल्ने तयारीमा पुगेका छौं।'

प्रदेशका नागरिकहरूले अधिकार प्राप्तिका लागि पहिले प्रदेश सरकार अधिकार सम्पन्न हुनुपर्ने बताउँदै त्यसैको तयारी स्वरूप पहिले मन्त्रालयको नाम फेर्ने र अधिकार सुनिश्चित गर्ने बताए । मन्त्री साहले स्थानीय निर्वाचन पश्चात् बस्ने मन्त्रीपरिषद्को बैठकले मन्त्रालयको नाम ‘गृह तथा सञ्चार’ राख्ने निर्णय गरिने  समेत बताए।

मन्त्रालयको नाम आन्तरिक मामिला हुँदा प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारीको अधिकारलाई अलमल बनाएका छ। त्यसैले मन्त्रालयको नाम फेरेर प्रदेशले आफ्नो अधिकारको उपयोग गर्ने तयारी अन्तर्गत त्यस्तो गर्न लागेको मन्त्री साहले बताए । 

फरक प्रसङ्गमा मन्त्री साहले भने,प्रदेशवासीलाई सामाजिक, राजनीतिक, आर्थिक अधिकार दिलाउन र विभेद र हिंसा अन्त्य गराउन पहिला मन्त्रालय कै अधिकार सुनिश्चित हुनै पर्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ