arrow

बलात्कारीलाई नपुंशक बनाउने कानून 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
Arrest-Crime.jpg

काठमाडौं । पेरु सरकारले नाबालिगलाई बलात्कार गर्नेलाई केमिल कास्ट्रेसन (यौन हर्मोन उत्पादन रोक्न रसायन वा औषधिको प्रयोग) लाई अनुमति दिने विधेयक पेस गर्ने भएको छ । मन्त्रिपरिषद्का सदस्यहरूले यस्तो जानाकारी दिएका हुन्  ।

तीन वर्षीया बालिकाको बलात्कारपछि देशव्यापी आक्रोश बढिरहेका बेला सरकारले कडा कानून ल्याउन लागेको हो । न्यायमन्त्री फेरलिक्स चेरोले भने, ‘यो उपाय बलात्कार गर्नेहरूका लागि थप सजाय हुनेछ ।’

नाबालिगहरूलाई बलात्कार गर्नेहरूले जेल सजाय भोग्ने र सजायको अन्त्यमा दोषीलाई नपंशुक बनाइने उनले बताए । ३ वर्षीया बालिकाको बलात्कारको आशंकामा ४८ वर्षीय पुरुष पक्राउ परेपछि सरकारले बलात्कारीविरुद्ध कठोर कानून ल्याउन लागेको हो । पीडित बालिकाको परीक्षणपछि शल्यक्रिया गरिएको थियो । 

सामाजिक रूपले रूढिवादी र विद्यालयका पूर्वशिक्षकसमेत रहेका राष्ट्रपति पेड्रो कास्टिलोले विद्येयकको समर्थन गरेका छन् ।  बालिका बलात्कार गर्नेलाई उदाहरणीय ढंगले सजाय दिनु पर्ने उनले बताएका छन् । 

‘हामीलाई आशा छ कि संसदले यो विद्येयक अनुमोदन गर्नेछ’, क्यास्टिलोले यसै साता भनेका थिए ।

विद्येयकले कानुनको रूप लिन संसदबाट अनुमोदन हुनुपर्छ । तर, स्वास्थ्यमन्त्री जर्ज लोपेज, पीडितका अभिभावक र केही महिला अधिकार संगठनहरूले विद्येयकको आलोचना गरेका छन् । ‘हामीलाई खेद छ कि कार्यपालिकाले यौन हिंसा बुझ्दैन’, पेरुको महिला अधिकार समूह फ्लोर ट्रिस्टानले ट्विट गरेको छ । 

‘तीब्र न्यायिक प्रक्रिया, हेरचाहमा सुधार, दण्डहीनता विरुद्ध लडाइँ र रोकथामलाई बलियो बनाउने उपाय आवश्यक छन्’, समूहले अगाडि भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ