काठमाडौं। अभिनेता पल शाहले बलात्कार गरेको भनेर मुद्दा दर्ता गराएकी पीडित बालिकाले शाहले बलात्कार नगरेको बताएकी छन् । बालिकाले नवलपरासीको जिल्ला अदालतमा शाहले बलात्कार नगरेको बताएकी हुन् ।
आज बालिकाले दिएको बकपत्रमा एक वर्ष अघि गैँडाकोटमा आफूलाई शाहले बलात्कार नगरेको बताएकी हुन् । उनले आफू होटल सञ्चालककी छोरीसँग बसेको बताएकी छन् ।
उनले शाह निर्दोष रहेको बताएकी छन् । पछिल्लो समय पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ।
१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालतमा मुद्दा दायर भएको थियो। दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए। हाल उनी तनहुँ कारागारमा छन्।