arrow

चट्याङ लागेर एक वृद्धको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
death_1618213452.jpg

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-८ का ६५ वर्षीय जीतबहादुर गोले छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका-२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छिन् । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ