उम्मेदवार टुङ्गो लगाउन काँग्रेसले सात प्रदेशमा सात सहमहामन्त्री खटाउने
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३० बुधबार
1.2k
Shares
तस्बिर : रासस
काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सात जना सह महामन्त्रीलाई उम्मेदवारको टुङ्गो लगाउन सात प्रदेशमा पठाउने निर्णय गरेको छ। आज बसेको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेदवारको टुङ्गो लगाउन वैशाख ३ गते सह महामन्त्रीलाई सात प्रदेशमा पठाउने निर्णय गरेको हो।
उनीहरूलाई प्रदेशमा उम्मेदवार टुङ्गो लगाउने जिम्मेवारी दिइएको छ प्रदेशमा उम्मेदवारको टुङ्गो लगाउन नसके वैशाख ९ गते साँझसम्म केन्द्रमा नामावली पठाउने र केन्द्रले वैशाख १० गते बिहानसम्म टुङ्गो लगाउने निर्णय गरेको छ।
वैशाख २ गते केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ।