arrow

वातावरण संरक्षणमा युवा सक्रियता आवश्यक :  मुख्यमन्त्री राउत 

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ चैत २७ आइतबार
277911905_388193996493768_5237086129505598531_n.jpg

जनकपुरधाम । मधेस प्रदेशका  मुख्यमन्त्री लालबाबु राउतले वातावरण संरक्षणमा युवाहरुको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । आइतबार जनकपुरधाममा क्रिएसन संस्थाले आयोजना गरेको वातावरण तथा जलवायु अनुकुल विकासमा नेपाली युवा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले निरन्तर चुरे क्षयीकरणका कारण मधेश प्रदेश प्राकृतिक विपदको उच्च जोखिममा रहेको जानकारी गराए ।

कार्यक्रममा मुख्यमन्त्री राउतले चुरे संरक्षणको साथै अन्य वातावरणीय संरक्षणका लागि प्रदेश सरकार संवेदनशील रहेको दाबीसमेत गरेका छन् । विभिन्न दातृ निकायहरुको सहयोगमा क्रिएशन मधेश प्रदेशबाटै कार्यक्रम शुरु गर्न लागेकोमा संस्थालाई धन्यवाद दिँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारबाट हुन सक्ने हरेक प्रकारको सहयोग गरिने प्रतिबद्धतासमेत जनाए । 

मधेशका १० वटा स्थानीय तहबाट शुरु हुन लागेको उक्त कार्यक्रममा वातावरण तथा जलवायु संरक्षणमा युवाको सहभागीतालाई जोड दिइएको छ । क्रिएसनका संस्थापक अध्यक्ष आानन्द मिश्रको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदका चन्द्रा थापा, युथ इन्नोभेसन ल्यावका गोमा कार्की सहितले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ