arrow

मारुनीको वर्चस्व

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २७ आइतबार
puspa-keki.jpg

काठमाडौं । शनिबार धुलिखेलमा आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’मा नेपाली फिल्म ‘मारुनी’को वर्चस्व देखिएको छ । २ बर्ष अगाडि रिलिज भएका फिल्महरुलाई समावेश गरेर आयोजना गरिएको अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड ‘मारुनी’ले प्राप्त गर्यो । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मबाट निर्देशक नवल नेपाल, नायक पुष्प खड्का, छायांकार संजय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले पनि अवार्ड जिते । 

अवार्ड ग्रहण गर्दै फिल्मकी निर्मात्री पूनम गौतमले भनिन्–‘राम्रो फिल्म बनाएको खण्डमा मुल्यांकन हुँदोरहेछ भन्ने महशुश भएको छ । आगामी दिनमा अझै उत्कृष्ट फिल्म बनाउने वाचा गर्दछु ।’

अवार्ड समारोहमा ‘छ माया छपक्कै’ फिल्मले ८ विधा र ‘साङ्लो’ले ६ विधामा अवार्ड जितेका थिए ।

कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ र नायिका शोभिात सिंखडा अवार्डको जुरी थिए ।

नायिकातर्फ केकी अधिकारीले ‘छ माया छपक्कै’बाट अवार्ड जित्दै गर्दा जुरी अवार्डतर्फ यही चलचित्रबाट निर्देशक दीपेन्द्र लामाले अवार्ड जिते । पपुलर फिल्मको अवार्ड पनि ‘छ माया छपक्कै’को पोल्टामा गयो ।

कार्यक्रममा ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ नेपाली फिल्मकी पहिलो नायिका भूवन चन्दलाई प्रदान गरियो । नगद २५ हजार, सम्मान पत्र र दोसल्लासहित उनलाई अवार्ड प्रदान गरिएको थियो ।

छायाँछवि चलचित्रकर्मी रजत सम्मान अभिनेता विजय लामा र झरना थापालाई प्रदान गरियो । यस्तै, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार रंग पत्रकार विष्णु सुवेदीलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित प्रदान गरियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ