arrow

१२ वर्षे बालिका करणीको आरोपमा किशोर पक्राउ

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७८ चैत २६ शनिबार
arrest1.jpg

दार्चुला । मालिकार्जुन गाउँपालिकाबाट जबरजस्ती करणी उद्योगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको मौखिक उजुरीको आधारमा प्रहरीले १९ वर्षीय महेशराम लुहारलाई पक्राउ गरेको हो । 

चैत १८ गते विद्यालयबाट घर फर्किने क्रममा बाटोमा बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै परिवारले २४ गते प्रहरीमा जाहेरी दिएपछि ती किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए । 

घटना चैत १८ गतेको भए पनि पीडित बालिकाका आफन्तले ढिलो गरी चैत्र २४ गते मात्रै जाहेरी दिएको तथा मौखिक जानकारीको आधारमा पीडकलाई २३ गते नै पक्राउ गरिएको उनले बताए । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विश्वकर्माको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ