arrow

पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने नवलपुर जिल्ला अदालतको आदेश

logo
संजय भट्टराई, 
प्रकाशित २०७८ चैत २३ बुधबार
paul-shah-rape-jail.jpg

नवलपुर । नवलपुर जिल्ला अदालतले किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो । 

शाहलाई बैशाख ७ गते पुनः नवलपुर जिल्ला अदालतमा  हाजिर हुने गरी बुधबारनै तनहुँ कारागार पठाइएको छ । नवलपुर जिल्ला अदालतमा बुधबार पीडित किशोरीका तर्फबाट ३ जना सरकारी वकिलले बहस गरेका थिए । 

सरकारी वकिल कमलराज पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पीडित किशोरीको किटानी जाहेरीका आधारमा शाहलाई हदैसम्मको कैद सजाय हुनुपर्ने माग गरेका थिए । जाहेरीवाला किशोरीका तर्फबाट अधिवक्ता सरिता तिवारी र भूपेन्द्र खनालले बहस गरेका थिए ।

बुधबार दिउँसो १ बजे सरकारी वकिलको बहस सकिएको थियो । बुधबार दिउँसो सवा १ बजेपछि पल शाहका तर्फबाट ९ जना वकिलले बहस शुरु गरेका थिए ।

शाहको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय यदुनाथ खनाल, कमलामोहन वाग्ले, बारका जिल्ला अध्यक्ष चेतनारायण भुसाल, अधिवक्ता भानुभक्त सुवेदी, जनकराज ढुंगाना, माधव घिमिरे लगायतले बहस गरेका थिए । 

उनीहरुले शाह निर्दोष रहेको दाबी गर्दै रिहाइको माग गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ