बेलायतको टेङ्गोपेबाट ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा, तीन महिना शुल्क नलाग्ने
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
767
Shares
काठमाडौं । विश्वका दुई सय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स् भित्राउँदै स्वदेशमा आन्तरिक रेमिट्यान्सको सेवासमेत प्रदान गर्दै आएको नेपालकै अग्रणी रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफर र बेलायतबाट विश्वका ४० भन्दा बढी मुलुकमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको टेङ्गोपेबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
यस सम्झौतासँगै बेलायतमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा टेङ्गोपेको मोबाइल एप तथा वेबसाइटबाट अनलाइन सेवा प्रयोग गर्दै इसेवा मनि ट्रान्सफरमार्फत नेपालमा तुरुन्तै रेमिट्यान्स पठाउन सकिनेछ ।
रेमिट्यान्स सोझै सम्बन्धित व्यक्तिको बैंक खातामा र देशभर ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको ईसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ । टेङ्गो पेबाट पैसा पठाउँदा शुरुको ३ महिनासम्म कुनै शुल्क नलाग्ने ईसेवाले जनाएको छ ।
विदेशबाट टेङ्गोपेमार्फत अनलाइन पठाएको रेमिट्यान्स नेपालभर रहेका १८ हजार बढी भुक्तानी केन्द्रबाटसमेत तुरुन्तै प्राप्त गर्न सकिने छ ।
त्यस्तै पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगइ सोझै ईसेवा वालेटमा प्राप्त गरेर अतिरिक्त रु ७७ बोनस रकमसमेत प्राप्त गर्न सकिनेछ ।
रेमिट्यान्स् सम्बन्धी सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरका तर्फबाट सीईओ अजेस कोइराला र टेङ्गोपेको तर्फबाट निर्देशक बसिर संगर्वालले हस्ताक्षर गरेका थिए ।
सम्झौताबारे बोल्ने क्रममा सीईओ कोइरालाले भने, ‘बेलायतमा नेपालीहरुको प्रभुत्व एकदमै ठुलो मात्रामा रहेको छ र इसेवा मनि ट्रान्सफर र टेङ्गोपेको रेमिट्यान्स भुक्तानी सम्झौताले धेरै नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन एक नयाँ माध्यम थपिएको छ । यसबाट सहजै डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन मिल्ने भएकाले पनि धेरै नेपालीले यस माध्यमको प्रयोग गर्ने कुरामा हामी विश्वस्त छौं ।’
टेङ्गोपे विश्वका ४० भन्दा बढी देशमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको, बेलायतको फाइनेन्सियल कन्डक्ट अथोरिटीद्वारा इजाजत प्राप्त डिजिटल भुक्तानी सेवा प्रदायक हो । यसले सरल र सस्तो दरमा आफ्ना ग्राहकहरुलाई क्यास पिक अप, तत्काल खाता क्रेडिट, मोबाइल वालेट क्रेडिट लगायतका सुविधा प्रदान गर्दै आएको छ ।
ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई १८ हजार भन्दा बढी एजेण्ट–नेटवर्कमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।