arrow

मधेसका ८ जिल्लामा १८ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ चैत २१ सोमबार
tifit-pradesh-2.PNG

जनकपुरधाम। मधेस प्रदेशका करिब १८ लाख बालबालिकालाई टाइफाइड विरुद्ध खोप लगाइने भएको छ। सोमबार प्रदेश स्वास्थ्य निर्देशनालयले जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय पत्रकार अन्तरक्रियामा १७ लाख ८७ हजार ७ सय १० बालबालिकालाई टाइफाइड विरुद्ध खोप लगाइने जानकारी दिइएको हो । 

मधेस प्रदेशमा चैत्र २५ गतेदेखि वैशाख १८ गतेसम्म खोप अभियान चल्ने स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले बताए ।  खोप अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइनेछ । 

अढाई एम एलको एक भाईल खोपबाट ५ जनालाई दिन मिल्ने र खोपको विषयमा स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षित बनाउने काम भएको निर्देशनालयले जानकारी दिए।

निर्देशनालयका निर्देशक झाका अनुसार हात मार्फत मुखमा दिसाको कण परेको खण्डमा टाइफाइड हुने भएकाले जोगिनका लागि नियमित हात धुने, सरसफाइमा विशेष ध्यान दिने तथा मास्क लगाउने कामलाई निरन्तरता दिनुपर्ने बताए ।

स्वास्थ्य निर्देशनालयले कम्तीमा पनि ९५ प्रतिशत लक्षित वर्गलाई खोप लगाउने तयारी भइरहेको र नियमित खोप दादुरा, रुवेलासँगै टाइफाइड विरुद्धको खोप दिन लागिएको वरिष्ठ स्वास्थ्य प्रशासक श्रवण नायकले जानकारी गराए।

विशेष अभियान अन्तर्गत हुन लागेको टाइफाइड विरुद्धको खोप कार्यक्रम नियमित खोपसँगै सञ्चालन गर्ने तयारी भएको छ। टाइफाइड विरुद्धको खोप अभियान इस्ट एसियाको पहिलो देश नेपाल बन्ने विश्व स्वास्थ्य सङ्गठनका मधेस प्रदेशका प्रतिनिधि सुरेश शुक्लाले बताए । खोप पूर्ण रूपमा सुरक्षित तथा टाइफाइडबाट बचाउन पूर्ण सक्षम रहेको अनुसन्धानबाट पुष्टि भएकोले निर्धक्क भएर खोप लिन सक्ने जानकारी गराए। 

टाइफाइड दूषित पानी र खानेकुराबाटै संक्रमण हुने रोग रहेको छ। चैत र वैशाखमा धुलो धुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकोले रोग फैलिने जोखिम हुन्छ । बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई खोप अभियान चलाउने तयारी गरिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ