arrow

तनहुँमा १७ वर्षकी किशोरी बलात्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १८ शुक्रबार
Rape-Cases.jpg

तनहुँ । तनहुँमा एक किशोरी बलात्कृत भएकी छन् । १७ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भानु नगरपालिका-३ कालामाटा बस्ने लमजुङ दूधपोखरी गाउँपालिका-६ घर भएका २१ वर्षीय सुनिल मगर रहेका छन् । उनलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ