arrow

जनकपुरधाममा 'मस्तिष्कघात सम्बन्धी गोष्ठी र निःशुल्क परामर्श शिविर'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
janakpur-sibir.png

काठमाडौं । शुक्रवार अर्थात् चैत १९ गते मधेस प्रदेशको राजधानी जनकपुरधाममा मस्तिष्कघात (स्ट्रोक) अथवा नसा रोग सम्बन्धी गोष्ठी एवं निःशुल्क परामर्श शिविर सञ्चालन हुने भएको छ ।

पहिलो पटक नेपाल आम नागरिक, उपभोक्ता तथा चिकित्सक एउटै मञ्चमा सचेतना र वैज्ञानिक गोष्ठीमा सहभागी हुन पाउने गरी नेपाल स्ट्रोक एसोसिएसनले यसको आयोजना गरेको हो ।

नेपाल स्ट्रोक एसोसिएसनका सचिव डा अविनाश चन्द्रका अनुसार यो कार्यक्रम सम्भवतः प्रदेशमा नै पहिलो पटक हुन लागेको हो ।

साधरणतया वैज्ञानिक गोष्ठीमा आम नागरिकको सहभागिता न्यून प्रायः हुने गरेको डा चन्द्र बताउँछन् । तर, यो कार्यक्रममा विशेषज्ञ चिकित्सक तथा आम नागरिक सबैको एकै ठाउँमा उपस्थिति रहनेछ।

कार्यक्रममा वीर अस्पतालका वरिष्ठ नशारोग विशेषज्ञ डा अविनाश चन्द्र, नर्भिक अस्पतालका वरिष्ठ नशारोग विशेषज्ञ डा पङ्कज जालानको उपस्थिति रहने छ। 

यस्तै, हाइडेलवर्ग विश्वविद्यालय तथा एन्डोल्स इनिसिएटिभका तर्फबाट अन्तर्राष्ट्रिय ख्याति प्राप्त चिकित्सक डा क्रिष्टिन एवं ट्रङ्कल तथा जनचेतना प्रस्तोता प्याट्रिक ट्रङ्कलले पनि कार्यक्रममा आ-आफ्नो धारणा तथा कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

मस्तिष्कघातको विषयमा सचेतना तथा यसको नियन्त्रणका विषयमा कार्यक्रम गरेर मधेस प्रदेश क्षेत्रमा यो रोगको उपचारका लागि चाहिने आवश्यक सीपलाई अझ बलियो बनाउन टेवा पुग्ने विश्वास स्ट्रोक एसोसिएसनको छ ।

आयोजक समितिका कार्यकारी सचिव डा आयुष चन्द्रका अनुसार यो गोष्ठी शुक्रवार कार्यशाला १ दिने हुनेछ । निःशुल्क चिकित्सा क्याम्प भने, शनिवार हुनेछ ।

निःशुल्क चिकित्सा क्याम्पमा आम नागरिकलाई यो रोगको बारेमा सचेतना अभिवृद्धि गरिने खालको कार्य गरिने आयोजक समितिका सचिव डा आयुष चन्द्रले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ