arrow

मधेस प्रदेश सभा बैठक दुई मिनेटमै स्थगित 

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ चैत १६ बुधबार
madhesh-pradesh-sss.PNG

जनकपुरधाम। मधेस प्रदेशको प्रदेश सभा बैठक दुई मिनेटमै स्थगित भएको छ ।

बुधवार बसेको प्रदेश सभा बैठक सुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएकाले बैठकलाई अगाडि नबढाउन सभामुखसँग आग्रह गरे ।

त्यस्तै ,नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले मन्त्रीहरूलाई प्रदेश सभामा उपस्थित भएर जवाफ दिनुपर्नेमा आफ्नो काममा व्यस्त रहने गरेको गुनासो पोखे। 

प्रदेश सांसद साहले १० पटकसम्म बैठकमा उपस्थित नहुने सांसदको पद स्वतः खारेज हुने विधानमा व्यवस्था भएकाले त्यसतर्फ पनि ध्यान दिन सभामुखलाई त्य तर्फ ध्यान दिन आग्रह समेत गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ