श्रीलंकामा आर्थिक संकट : औषधि पाउन छोड्यो, तेल-ग्याँसको लाइनमा मान्छे ज्यान गुमाउँदै
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
333
Shares
काठामाडौं । यतिबेला दक्षिण एसियाली मुलुक श्रीलंका सन् १९४८ मा ब्रिटिसबाट स्वतन्त्र भएयताकै चरम आर्थिक संकटको अवस्थामा रहेको छ । श्रीलंकामा महँगी १७ प्रतिशतले बढेको छ । ग्यास, औषधि, इन्धनलगायतका अत्यावश्यक सामानको अभाव बढेको छ ।
ग्याँ र तेलका लागि लाइनमा कुर्दाकुर्दै मानिसहरुले ज्यान गुमाएका समाचारहरु समेत बाहिर आइरहेका छन् । त्यहाँका स्थानीयहरुले औषधि समेत नपाइरहेको र पाए पनि दोब्बर भन्दा बढी मूल्य तिर्नु परिरहेको बताएका छन् ।
श्रीलंकाली नागरिकहरुले यसको जिम्मेवार भ्रष्ट नेताहरु रहेको बताएका छन् । श्रीलंकाको ऋण करिब ५२ अर्ब डलर पुगेको बताइएको छ । यो वर्षमात्रै ७ अर्ब डलर ऋण तिर्नुपर्ने छ । यद्यपि, विदेशी मुद्रा सञ्चिती २.३६ अर्ब मात्रै रहेको बताइएको छ ।
श्रीलंकाली मुद्राको भाउ एक महिनामा झन्डै ४५ प्रतिशतले घटेको छ । विदेशी मुद्रा अत्यावश्यक वस्तु भित्र्याउनकै लागि नभएपछि त्यहाँ महँगी निकै बढेको हो । इन्धन आपुर्ति हुन नसक्दा थर्मल पावर प्लान्ट बन्द रहेपछि दैनिक पाँच पाँच घण्टा त्यहाँ लोडसेडिङ भइरहेको छ ।
श्रीलंकामा आधा लिटर दुधको मूल्इ ८ सय रुपैयाँ पुगेको छ । मंगलबारको विनिमय दर अनुसार नेपाली १ रुपैयाँ बराबर श्रीलंकाको २ रुपैयाँ ३४ पैसा हुन्छ ।