काठमाडौं । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका कलाकार पल शाहले उच्च अदालतलाई गुहारेका छन् ।
शाहका तर्फबाट कानुन व्यवसायीले मङ्गलवार उच्च अदालत पोखरामा पुनरावेदन गरेका हुन् ।
तल्लो तहका अदालत निकायहरूले गरेका निर्णय वा फैसलामा चित्त नबुझेमा त्यस्ता तल्ला अदालत, निकाय वा अधिकारीबाट भएको निर्णय वा फैसला जाँची पाऊँ भनी माथिल्लो अदालतमा आवेदन गर्नुलाई पुनरावेदन भनिन्छ।
यसअघि तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । शाहको तर्फबाट १२ कानुन व्यवसायीले बहस गरेका थिए ।
मुद्दा हार्ने पक्षले तल्लो तहको फैसलामा चित्त नबुझेमा त्यस्तो फैसला उपर पुनरावेदन सुन्ने अदालतमा कानुनले तोकेको म्यादभित्र पुनरावेदन गर्न सक्छन्।