arrow

बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका इबरार पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
pakrau9.jpg

बर्दिया । बलात्कार मुद्दामा ५ वर्ष कैद तोकिएका फरार इब्रार भन्ने इबरार अहमद मनियार पक्राउ परेका छन् । 

बर्दियाको गुलरिया नगरपालिका-६ बस्ने ३० वर्षीय मनियारलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । 

पक्राउ परेका मनियारलाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको छ । जबर्जस्ती करणी मुद्दामा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले पाँच वर्ष कैद सजाय तोकेपछि मनियार फरार रहेको नायब उपरीक्षक शाहीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ