arrow

लगाचार चार पटक स्थगित मधेस प्रदेश सभाको बैठक दिउँसो बस्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
madhes-pradesh.jpg

जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।

यस्तै अघिल्लो बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि समेत छलफल हुने कार्यसूची रहेको सचिव यादवले बताए । 

यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले पटक–पटक गरी चारपटक स्थगन गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ