arrow

पल शाह जेल चलान, लाख तिरेर छुटे म्यानेजर जोशी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
paul-shah-arrest-sunuwai-rape.jpg
तस्बिर– फाइल

तनहुँ । नाबालिक किशोरीसँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो । 

एक नाबालिका गायिकालाई विवाह गर्ने प्रलोभनमा पारेर पटक–पटक शारीरिक सम्बन्ध राखेको भन्दै पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।

शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान भएका छन् । जोशीलाई एक लाख धरौटीमा साधारण तारेखमा रिहा गरिएको छ ।

थुनछेक बहसपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो । 

जोशीले मतियारको भूमिका खेलेको आरोपमा मुख्य कसुरदारको आधा सजायको मागदाबी गर्दै मुद्दा दायर भएको थियो । 

पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानून व्यवसायीले बहस गरेका थिए । पलविरुद्ध फागुन ११ गते नाबालिका गायिकाले तनहुँ प्रहरीमा उजुरी गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ