arrow

देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
yatayat_(3).jpg
तस्बिर– फाइल

काठमाडौं । देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको हो ।

विभागका प्रवक्ता डा. लोकनाथ भुषालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने बताए । यसअघि पनि विभागको सर्भरमा समस्या आउँदा अनलाइन फारम, लाइसेन्स प्रिन्ट, नवीकरण लगायतका सेवामा समस्या उत्पन्न हुँदै आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ