arrow

बिहे गर्ने प्रलोभनमा पारेर १५ वर्षे किशोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षे युवा पक्राउ  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
arrest1.jpg

पर्सा । पर्सामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोईरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

कोईरीले ती किशोरीलाई विवाह गर्छु भनी झुटो प्रलोभनमा पारी नयाँ–नयाँ स्थानमा घुमफिर गराउने वहानामा बलात्कार गरेको प्रहरीले जनाएको छ । 

पटक–पटक बलात्कार गरेको भन्ने जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका–१३ बाट पक्राउ गरको हो । 

उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ