arrow

बहाना सकिएपछि विशेष कारण जनाउँदै चौथो पटक स्थगित भयो मधेस प्रदेश सभाको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
madhes-pradesh.jpg

धनुषा । मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराएका छन् । 

प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो ।

फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठक स्थगन गरिएको थियो । फागुन १ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आएका कारण स्थगित भएको थियो । 

त्यस्तै फागुन १० गते बैठकको समयमा सभामुख सरोजकुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएका कारण स्थगित भएको थियो । 

त्यस्तै फागुन २२ गते नेपाली कांग्रेसको अधिवेशन र गण्डकी प्रदेशका मुख्यमन्त्रीको मधेस प्रदेशको भ्रमणका कारण स्थगन गरिएको थियो ।

यसपालि भने कारण नै नभइकनसमेत बैठक स्थगित गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ