arrow

फेरी सारियो मधेस प्रदेश सभाको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
pradesh-23.jpg

जनकपुर । मधेस प्रदेशको प्रदेश सभा बैठक विशेष कारण जनाउँदै फेरी सारिएको छ । उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकोमा प्रदेश सभा सचिवालयले आज सूचना गरेको सूचनामा  विशेष कारण जनाउँदै चैत ११ गते दिउँसो २ बजे बस्ने गरी सारेको हो । 

यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गतेका लागि सारिएको थियो । 

बैठकमा ढिलाइ हुँदा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ