arrow

श्रोत नखुलेको रकम बोकेर हिंड्ने युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
kuldeb kumal.jpg

पोखरा । श्रोत नखुलेको रकम बोकेर हिंड्ने एक युवक आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका वडा नं. २ कुडियाका ३२ वर्षीय कुलदेव कुमाल रहेका छन् ।

कास्की प्रहरीका अनुसार कुमाल पोखरा महानगरपालिका वडा नं. ३० पावर हाउसबाट पक्राउ परेका हुन् ।कुमालले स्रोत नखुलेको २२ लाख रुपैयाँ शरीरमा लुकाई छिपाई गरी हिंडेको आरोपमा प्रहरीले पक्राउ जनाएको छ ।

वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको सवारीसाधन चेक जाँच गर्ने क्रममा कुमाललाई रकमसहित पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 

कुमालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरी नायव उपरीक्षक (डिएसपी) तिवारीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ