arrow

चेपाङ सङ्घको राष्ट्रिय महाधिवेशन शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
Chepang sang.jpg
फाइल तस्वीर

चितवन । नेपाल चेपाङ सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन चितवनमा शुरु भएको छ । महाधिवेशनको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका हुन् ।

मुख्यरुपमा बागमती प्रदेशमा सीमान्तकृत यस समुदायको बसोबास रहेको छ । मुख्यमन्त्री पाण्डेले यो समुदायको उत्थानमा लाग्नुपर्ने बताए । सङ्घ, प्रदेश र स्थानीय निकायले चेपाङका समस्या पहिचान गरी समाधानतर्फ जानुपर्नेमा उनको जोड थियो ।
 
कार्यक्रममा सङ्घका अध्यक्ष जीतेन्द्र चेपाङले आफ्ना समस्याका बारेमा प्रकाश पारेका थिए । 

महाधिवेशन बन्दसत्र आज चल्दै छ । बन्दसत्रले ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष एक÷एक तथा सचिव दुई जना गरी सात सदस्यीय पदाधिकारी चयन हुनेछ ।
 
महाधिवेशनमा चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङका २५७ प्रतिनिधि सहभागी भएको आयोजकले जनाएको छ । सङ्घका बागमती प्रदेश सचिव लक्ष्मण चेपाङका अनुसार नेपालमा चेपाङको जनसंख्या ६८ हजार रहेको छ । 

पहाडी क्षेत्रमा बसोबास गर्ने उनीहरु धेरैको आफ्नै लालपुर्जा छैन । भूमिहीन धेरै रहेको भन्दै उनले धेरै समस्याबाट गुज्रिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ