arrow

राप्रपा नेपालले चुनावमा राप्रपालाई असर नपर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३ बिहिबार
local-level-election-2079.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुनसुन्दर लावतीले हिन्दूवादी नेता कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा पार्टीलाई ‘तात्विक’ असर नपार्ने दाबी गरेका छन् । 

देशव्यापी रूपमा पार्टी संगठन विस्तार गर्न नसकेको, उनीसँग केही नेता मात्रै राप्रपाबाट गएको र अर्कोतिर ‘विभाजनकारी नेता’को छवि पनि भएकाले निर्वाचनमा खासै असर नगर्ने उनले बताए ।  उनले भने, ‘१०–२० भोट तलमाथि होला तर हामीलाई असर गर्ने देखिँदैन ।’ 

२०७४ मा भन्दा बढी स्थानीय तहमा पार्टीले विजय हासिल गर्ने पनि उनको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ