arrow

कश्मीर फाइल्सले बनायो कसैले नराखेको रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
the-kashmir-files.jpg

काठमाडौं । बलिउड चलचित्र द कश्मीर फाइल्सले नयाँ रेकर्ड बनाएको छ । यो फिल्मले लगातार पाँचौं दिनसम्म कमाइ हरेक दिन बढाएको छ । यो अहिलेसम्मकै रेकर्ड हो । 

कुनै पनि बलिउड चलचित्रको कमाइ हरेक दिन बढेको पाइएको छैन । यो फिल्मले पहिलो दिन ३.५५ करोड, दोस्रो दिन ८.५० करोड, तेस्रो दिन १५.१० करोड, चौथो दिन १५.०५ तथा पाँचौं दिन १८ करोड भारु कमाइ गरेको हो । 

यसअघि तान्हाजीले पहिलो दिन १५.१० करोड कमाइ गर्दा पाँचौं दिन १५.२८ करोड कमाएको थियो । उरीले पहिलो दिन ८.२० करोड कमाउँदा पाँचौं दिन ९.५७ करोड कमाएको थियो । 

सूर्यवंशीले पहिलो दिन २६.२९ करोड कमाउँदा पाँचौं दिन ११.२२ करोड कमाएको थियो । गंगुबाई काठियावन्डीले पहिलो दिन १०.५० करोड कमाउँदा पाँचौं दिन १०.०१ करोड कमाएको थियो । 

द कश्मीर फाइल्स यति चर्चित भयो कि अधिकांश नेताहरुले हेरिसकेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले समेत पनि यसलाई निकै राम्रो भनी तारिफ गरेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ