arrow

प्रदेश राजधानी 'हेटौंडा' तोकिएको विषयमा उठ्यो प्रश्न, सांसद पौडेल भन्छन्-गम्भीर समीक्षा गरौँ

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ फागुन ३० सोमबार
ra.jpg

हेटौंडा । बागमती प्रदेशसभामा प्रदेश राजधानीको विषयमा प्रश्न उठाइएको छ ।

पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको पालामा २ वर्ष अघि बागमती प्रदेशको राजधानी हेटौंडा तोकिएको विषयमा प्रदेशसभाको आज सोमबारको बैठकमा विवेकशील साझाका सांसद रमेश पौड्यालले प्रश्न उठाएका हुन् ।

उनले घुमाउरो पारामा हेटौंडा प्रदेश राजधानी अपायक भएको धारणा राख्दै यस विषयमा समीक्षा गर्नुपर्ने बताए ।

उनले भने,' राजधानी तोक्न संविधानले प्रदेशसभालाई दिएको अधिकारलाई तत्कालीन नेकपाको हाइ कमाण्डले क्याप्चर गर्‍यो, अहिले समय परिस्थित फेरिएको छ, हेटौंडामा राजधानी तोकेको  २ वर्ष बितिसक्दा यहाँ के के पूर्वाधार बने ? मलाई लाग्छ यहाँ कुनै पूर्वाधार निर्माण भएको छैन, त्यसैले यसको गम्भीर समीक्षा गरौँ,।'

उनले हिजो नेकपाको हाई कमाण्डको निर्णयलाई च्यालेन्ज गर्ने हैसियत नपुगे पनि आज आफ्नो विवेकलाई बन्धक राख्न नहुने बताए । उनले प्रदेश राजधानी हेटौडामा बनाइएको निर्णय गलत भएकाले सच्याउनुपर्ने माग गरे ।

उनले सरकारलाई सरकार जस्तो बनाउनुपर्ने भन्दै मन्त्री र मन्त्रालय घटाउनु पर्ने र सांसदलाई पैसा बढ्ने काम बन्द गर्नुपर्ने धारणा राखे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ