arrow

१ अर्ब ३६ करोड चार्ज लिने यी अभिनेताको सम्पत्ति यति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
aamir-khan-birthday.jpeg

काठमाडौं । बलिउड स्टार आमिर खानले दङ्गल, पीके, थ्री इडियट्स, तारे जमीं पर, गजनी जस्ता सुपरहिट फिल्महरूमा काम गरेका छन् । आज आमिरले आफ्नो ५७ औँ जन्मदिन मनाउदैछन् । 

आमिर खान २४ सय ९६ करोड सम्पत्तिका मालिक हुन् । उनी पछिल्लो पटक ठग्स अफ हिन्दोस्तानमा देखिएका थिए । एक कुशल अभिनेता हुनुको अलावा, आमिर एक निर्माता र निर्देशक पनि हुन्। उनले चलचित्र र विज्ञापनबाट कमाइ गर्छन्। 

आमिर भारतपछि चीनमा लोकप्रिय रहेका छन् । ३४ वर्षको आफ्नो अभिनय करियरमा आमिर खानले ४७ चलचित्रमा अभिनय गरेका छन् । आमिरले चीनमा लोकप्रियतासँगै करोडौँ रुपैयाँ पनि कमाउने गरेका छन्  ।

आमिर खान चीनका सबैभन्दा चर्चित अन्तर्राष्ट्रिय अभिनेता हुन्। उनको फिल्म दङ्गलले चीनमा करिब २२४० करोड रुपैयाँ र सेक्रेट सुपरस्टारले १२८० करोडभन्दा बढी कलेक्सन गरेको थियो । यसबाहेक आमिरको थ्री इडियट्सले पनि चीनमा राम्रो  कमाइ गरेको थियो। यो नै आमिरको चीनमा पहिलो फिल्म थियो ।

आमिरले विज्ञापनका लागि करिब १९.२ करोड लिने गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आमिरले आफ्नो एउटा फिल्मका लागि १ अर्ब ३६ करोड लिन्छन् । यसबाहेक उनीसँग धेरै लक्जरी गाडी छन् ।

आमिर आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’मा व्यस्त छन् । आमिरको उमेर बढ्दै जाँदा उनको काममा परफेक्शन बढ्दै गएको छ । उनका हरेक फिल्मले बक्स अफिसमा ३०० देखि ४०० करोड भारु कमाउँछन्। लाल सिंह चड्डा यसै वर्षको अगस्ट ११ मा रिलिज हुँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ