arrow

साढे तीन वर्ष मुख्यमन्त्री भएका डोरमणि पौडेलले केही काम गरेनन् : मुख्यमन्त्री पाण्डे

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ फागुन २९ आइतबार
rajendra-pandey.jpg

हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण करिब ३ महिनापछि आज आइतबार बसेको बाग्मती प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले साढे तीन वर्ष मुख्यमन्त्री भएका डोरमणि पौडेलले केही काम नगरेको आरोप लगाएका छन् ।

एमालेले उठाएका प्रश्नसहित सरकारले गरेका कामको बारेमा बोल्दै मुख्यमन्त्री पाण्डेले साँढे तीन वर्ष सत्ता चलाएका पौडेलले काम नगर्दा अहिले यस्तो अवस्था आएको बताए । लामो समय सरकार चलाएका पौडेलले प्रादेशिक संरचना निर्माण नगरेकै कारण एउटै भवनमा धेरै मन्त्रालय राख्नु परेको बताए ।

उनले भने–‘ हामी आएपछि संरचना निर्माणका लागि जग्गाको पहिचान गरेर सङ्घीय सरकारलाई पठाइसक्यौँ । तर साँढे तीन वर्ष सत्ताको नेतृत्व गरेका डोरमणि पौडेलले के गरे ?’

साढे तीन वर्ष र चार महिना मुख्यमन्त्रीले गर्ने काम बराबर नहुने उल्लेख गर्दै उनले लामो समय सँगै काम गरेका कारण पूर्व मुख्यमन्त्री पौडेल र मेरो क्षमताका विषयमा एक अर्कामा जानकार रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ