काठमाडौं । भारतीय स्टारहरू शाहरुख खान र सलमान खानको मित्रता धेरैजसो पार्टी र फिल्महरूमा देख्न पाइन्छ । तर, कुनै समय यस्तो पनि थियो कि यी दुई हस्ती दुई भागमा विभाजित भएका थिए ।
सन् २००२ मा सलमान र ऐश्वर्याको बीचमा दूरी बढ्न लागेको थियो । एक दिन यस्तैमा सलमानले सेटमा आएर आफ्नो बदमासी शुरु गरेका थिए । सुरुमा चलते चलते फिल्ममा रानी मुखर्जीको स्थानमा ऐश्वर्या राय थिइन् ।
फिल्मसँग जोडिएका एक व्यक्तिका अनुसार करिब ४ घण्टासम्म सलमानले अवरोध जारी राखेका थिए । उनी ऐश्वर्यालाई उत्पीडन गरिरहेका थिए । शाहरुखले यो विषयलाई सुल्झाउने प्रयास गर्दा सलमानले उनको कठालो समातेका थिए । उनले यस विषयमा माफी पनि मागेनन् ।
यो घटनापछि शाहरुख र सलमानको बीचमा कुराकानी बन्द भएको थियो । त्यसै क्रममा सन् २००८ जुलाई १६ मा कट्रिना कैफको जन्मदिनमा शाहरुख र सलमान दुवैलाई निमन्त्रणा दिइएको थियो । यो पार्टीमा पनि दुई जनाको बीचमा तनावको अवस्था सिर्जना भएको थियो । अनुमान विपरीत पार्टीमा यी दुईको बीचमा तनाव सिर्जना भएसँगै त्यहाँ उपस्थित अन्यले उनीहरूलाई सम्झाएका थिए ।
केही वर्षसम्म उनीहरू एकर्काका कट्टर दुस्मन बनेर देखिए । यस्तैमा शाहरुखले मित्रताको हात अघि बढाए र सलमानले पनि त्यसलाई स्वीकार गरे । यस्तैमा एक पार्टीमा उनीहरूको पुनः भेट भएको थियो । यो पार्टीमा सलमानले पहल गर्दै शाहरुखसँग अङ्कमाल गरेका थिए ।