arrow

युक्रेनबाट चार नेपालीको उद्धार गरेकोमा देउवाले दिए मोदीलाई धन्यवाद  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २८ शनिबार
deuba-modi-20222211.png
तस्बिर– फाइल

काठमाडौं । भारतले युक्रेनको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरेका चार नेपाली शनिबार काठमाडौं आइपुगेका छन् । आफ्ना नागरिकको उद्धार गर्ने क्रममा भारतले चार जना नेपालीलाई पनि सँगै ल्याएको थियो । 

उनीहरु भारत हुँदै काठमाडौं आइपुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यावाद दिएका छन् । ‘चार जना नेपाली युक्रेनबाट भारत हुँदै भर्खर काठमाडौं आइपुगेका छन् ।

अप्रेसन गंगा अन्तर्गत नेपाली जनतालाई पनि उद्धार गरी ल्याइदिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद’, प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।  

गत फेब्रुअरी २४ का दिनदेखि रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको छ । त्यसपछि त्यहाँ रहका नेपालीलाई उद्धार गर्न थालिएको हो । सरकार र गैर आवासिय नेपाली संघको सक्रियतामा हालसम्म साढे पाँच सयभन्दा बढी नेपालीलाई युक्रेनबाट अन्य सुरक्षित स्थानमा सारिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ