arrow

डेढ वर्षीया बालिकाको बलात्कारपछि मृत्यु भएको शंका 

logo
विवेक मिश्र, 
प्रकाशित २०७८ फागुन २८ शनिबार
dead2.jpg
तस्बिर– सांकेतिक

मोरङ ।  मोरङको सुन्दरहरैचा ७ मा डेढ वर्षीया बालिकाको मृत्यु रहस्यमय बनेको छ । मण्डल थरकी ती बालिका शुक्रबार साँझ ५ बजेतिर घरबाटै हराएकी थिइन् । 

परिवारले खोज्दा ६ बजेतिर नजिकैको झाडीमा बालिका चिच्याइरहेको अवस्थामा फेला पारेका थिए । बालिकालाई गछियाको गछिया मेडिकलहलमा   लगिएको रहेछ । वडा अध्यक्ष चैतन्य सिटौलाले मेडिकल हलले शरीरका विभिन्न अंगहरुमा चोटपटक तथा योनिबाट रगत बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेको बताए । 

उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा लगिएकोमा उपचारका क्रममा राति १२ बजे नै मृत्यु भएको वडाध्यक्ष सिटौलाले बताए ।

 प्रहरीले भने बालिकाको स्वास्थ्य परिक्षणको रिपोर्ट नआइसकेकाले अहिले नै यही हो भन्ने अवस्था नभएको बताएको छ । 

‘घटनाको अनुसन्धान थालेका छौँ’, जिल्ला प्रहरी कार्यालय मोरङ एसपी जनार्दन जीसीले भने, ‘शव पोष्टमार्टमका लागि वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छौं रिपोर्ट आएपछि यकिन भन्न  सकिन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ