सुँगुरको मुटु प्रत्यारोपण गरेका व्यक्तिको दुई महिनापछि मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
919
Shares
काठमाडौं । विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय अमेरिकी नागरिक डेभिड बेनेटको दुई महिनापछि मृत्यु भएको छ । मंगलबार अमेरिकाको मेरिल्याण्ड स्थित एक अस्पतालमा उनको मृत्यु भएको हो ।
उनको अवस्था धेरै दिन पहिलेदेखि बिग्रन थालेको र उनलाई निको नहुने थाहा पाएपछि कम्पासेनिट प्यालिएटिक केयरमा राखिएको अस्पतालले बुधवार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
'बेनेट गुमाएकोमा हामी स्तब्ध छौं। अन्तिमसम्म पूर्ण बललगाएर लडेका उनी एक बहादुर र महान पेसन्ट साबित भएका छन्,' बाल्टिमोर अस्पतालमा शल्यक्रिया गर्ने डा बार्टले ग्रिफिथले एक विज्ञप्तिमा भनेका छन् ।
दशकौंदेखि डाक्टरहरूले जीवन बचाउने मुटु प्रत्यारोपणको लागि एक दिन जनावरको अंग प्रयोग गर्न खोजेका छन्।
ह्यागरस्टाउन मेरील्याण्डका एक ह्यान्डीम्यान बेनेट यो नयाँ प्रयासको लागि उम्मेद्वार थिए किनभने उनले अन्यथा निश्चित मृत्युको सामना गर्नुपर्ने अवस्था रहेको थियो ।