arrow

पल शाहसँग नवलपुरको सरकारी वकिल कार्यालयमा बयान लिइँदै

logo
संजय भट्टराई, 
प्रकाशित २०७८ फागुन २५ बुधबार
paul-shah-rape-case.jpg

नवलपुर । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका नायक पल शाहसँग नवलपुरको जिल्ला सरकारी वकिलको कार्यालयमा अहिले बयान लिन शुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले शाहलाई थप अनुसन्धानका लागि  जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको बताए ।

शाहसँग यतिबेला सरकारी वकिल कार्यालयमा बयान लिने काम शुरु भएको बताइएको छ । नाबालिक गायिका बलात्कारको आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका शाहलाई सोही आरोपमा नवलपुरको ईलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि उजुरी परेपछि थप अनुसन्धानको लागि भन्दै मंगलबार गैंडाकोट ल्याइएको थियो । 

शाह विरुद्धको आरोपको अनुसन्धान नसकिँदासम्म उनलाई नवलपुरमै राख्ने तयारी रहेको प्रहरी स्रोतले बतायो । इलाका प्रहरी कार्यालय गैंडाकोटमा पल विरुद्ध गैंडाकोटकै एउटा रिसोर्टमा नाबालिकालाई बलात्कार गरेको उजुरी परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ