दक्षिण कोरियाद्वारा रुसी केन्द्रीय बैङ्कसँगको कारोबारमा प्रतिबन्ध
एएनआई / ग्लोबल इकोनोमिक,
प्रकाशित २०७८ फागुन २४ मंगलबार
543
Shares
सोल [दक्षिण कोरिया] । कोरियाली सरकारले रुसको केन्द्रीय बैङ्कसँगको लेनदेन निलम्बन सहित रूस विरुद्ध थप प्रतिबन्धहरू लगाएको छ।
परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार "रुस विरुद्धको प्रतिबन्ध मार्च १ देखि लागू भएपछि, कोरियाले अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै रुसी केन्द्रीय बैङ्कसँगको कारोबारमा प्रतिबन्ध लगाउने जस्ता थप निर्णय गरेको छ।
परराष्ट्र मन्त्रालयले "हामी सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरेर रुस विरुद्ध थप प्रतिबन्धहरू सम्बन्धी विवरणहरू घोषणा गर्नेछौँ" भन्ने उल्लेख गरेको छ ।
मन्त्रालयले उक्त निर्णय अमेरिकालगायत सम्बन्धित देशलाई पनि जानकारी गराउने योजना बनाएको छ ।