arrow

नौ वर्षे र १५ वर्षे बालिकामाथि करणी, आरोपीद्धय पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
Rape-Cases.jpg
तस्बिर– सांकेतिक

काठमाडौं । ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई बलात्कार गरेको आरोपमा कोञ्ज्योसोम गाउँपालिका–२ शंखु बस्ने २८ वर्षीय सन्तमान थोकरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

थोकरले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । 

किशोरीलाई बलात्कार गरेको आरोपमा भद्रपुर नगरपालिका–४ करेला चोक बस्ने १९ वर्षीय रमेश लिम्बुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
लिम्बुले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ