arrow

परीक्षा स्थगित गर्ने विश्वविद्यालयको कार्यालयमा तोडफोड, चार विद्यार्थी पक्राउ

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ फागुन १९ बिहिबार
274614833_1102979706916657_6346180117828422710_n.jpg

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयको कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । बुधबार अन्तिम समयमा आएर आफूहरुको परीक्षा स्थगित गरिएको भन्दै सोही विश्वविद्यालयमा अध्यनरत केही विद्यार्थीहरूले अचानक कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेका  हुन् ।

उनीहरुले कार्यालयभित्र रहेका फर्निचरका सरसमान, कम्प्युटर तथा विभिन्न उपकरणहरु तोडफोड गरेका हुन् । परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार फागुन १८ गते हुने भनिएको परीक्षा सबै विद्यार्थीहरुको इन्टरनल असेसमेन्ट समयमै नबुझाइएको कारण विश्वविद्यालयद्वारा स्थगित गरिएको भन्दै अक्रोशित विद्यार्थीहरू अचानक तोडफोडमा उत्रेको विश्वविद्यालयका कर्मचारीले बताए ।

तोडफोडमा संलग्न रहेको आंशकामा धनुषा प्रहरीले केही विद्यार्थीहरुलाई पक्राउसमेत गरेको छ । उता विद्यार्थी साथी पक्राउको विषयलाई लिएर जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका हुन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै आफ्ना साथीहरु रिहाइको माग गरे।

पटक–पटक परीक्षा किन स्थगित भएको भनेर परीक्षा नियन्त्रक र विश्वविद्यालयका प्रमुखसँग बुझ्न खोज्दा कसैले कुनै वास्ता नगरेको एक  विद्यार्थीले बताए । त्यसको विरोधमा नाराबाजी गर्दा प्रहरी लगाएर चार जना विद्यार्थीलाई पक्राउ गरिएको विद्यार्थीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ