arrow

बलात्कारको आरोप लागेका सांसद बानियाँ नेपालगञ्ज विमानस्थलबाट पक्राउ 

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ फागुन १६ सोमबार
mohan-baniya-uml-samsad-balatkar.jpg

नेपालगञ्ज ।  मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । उनलाई नेपालगञ्ज विमानस्थलबाट सोमबार  नियन्त्रणमा लिइएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए । 

उनीविरुद्ध जुम्लाकी एक महिलाले बलात्कार गरेको आरोप लगाएकी छिन् । नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बनियाँले आफूलाई बलात्कार गरेको ती महिलाको आरोप छ ।

बलात्कारको आरोपमा महिलाले दिएको जाहेरी माघ २७ मा बाँके प्रहरीले दर्ता गरेको थियो । नेकपा एमालेका सांसद बनियाँ पूर्व मन्त्री हुन् । बनियाँले जुम्लाकी महिलासँग २५ लाख रुपैयाँ लिएका थिए । सो पैसा फिर्ता लिन महिलालाई उनले नेपालगञ्जमा बोलाएका थिए ।

सो होटलमा पहिले चेक दिएको र बलात्कारपछि चेक खोस्न खोजेको पीडितको आरोप छ । होटलमा उनीहरुको बीचमा चेक तानातान भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । शिक्षिकासमेत रहेकी पीडित महिला माओवादी निकट हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ