arrow

पर्यटन प्रवर्द्धनका लागि पदयात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
tourist-nepal.jpg.jpeg

बागलुङ । बागलुङको पर्यटन प्रवर्द्धनका लागि यहाँका युवाले प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चकोटदेखि काठेखोला गाउँपालिकाको बेलढङ्गासम्म पदयात्रा गरेका छन् । 

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सुस्ताएको पर्यटन व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएका १२ युवाको समूहले दुई दिने पदयात्रा सुरु गरेका हुन् ।

बागलुङ नगरपालिका-६ पञ्चकोटबाट शनिवार सुरु भएको यात्रा आज काठेखोला गाउँपालिका-३ को बेलढङ्गामा पुगेर सकिने यात्रामा सहभागी प्रेम केसीले बताए ।

पञ्चकोट-बेलढुङ्गा पदमार्गमा पर्ने संसारकोट, थाप्ले, गुनगुनेको धुरी, दारेगौँडालगायतका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनका लागि पदयात्रा गरिएको उनको भनाइ छ । 

काठेखोला गाउँपालिका-२ भीमापोखरामा रहेको पुष्पाञ्जली ग्रामीण विकास केन्द्रले शिवरात्रिको अवसर पारेर पदयात्राको आयोजना गरेको थियो ।

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका पर्यटकीय क्षेत्र समेटिएको पञ्चकोट-बेलढुङ्गा पदमार्गको प्रचारका लागि पदयात्रा गराइएको केन्द्रका अध्यक्ष विक्रम शर्माले बताए ।

केन्द्रले गत वर्ष थाप्लेको धुरीमा सात देशका झन्डा राखेर पर्यटकलाई निम्ता दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ