arrow

करणीको आरोप लागेका शाह पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
Paul-Shah.jpg

काठमाडौं । करणीको आरोप लागेका अभिनेता पल शाह पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रहरीले अभिनेता शाहलाई आज पक्राउ गरेको हो । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो । शाहले केही समय अघि आफ्नो फेसबुकमा नेपाल प्रहरी सामु आफै उपस्थित हुने बताएका थिए ।  

शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा गायिका समीक्षा अधिकारीले किटानी जाहेरी दर्ता गराएपछि उनी फरार थिए । शाहविरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँमा नाबालिगमाथि जबरजस्ती करणीको जाहेरी परेको थियो । प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिए ।

उनले फिल्म "म यस्तो गीत गाउँछु २" गत शुक्रवार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी प्रहरी सामु उपस्थित हुन नसकेको बताएका छन् । 

एउटा म्युजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनले उजुरीमा उल्लेख छ । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छिन् ।

जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारवाही गरी कानूनबमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ