arrow

मन्त्री साह पारिवारिक भ्रमणमा गएपछि प्रदेशसभा १२ दिनका लागि स्थगित

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ फागुन १० मंगलबार
madhes-242424.jpg

जनकपुर । मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित हुन पुगेको छ । प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न आजको लागि बोलाइएको बैठक मन्त्री साह अनुपस्थित हुने भएपछि २२ गतेसम्मका लागि स्थगित हुन गएको हो ।
 
मन्त्री साहले भने, ‘आफैँ प्रस्तावक भएकाले संकल्प प्रस्तावका बारेमा भएका छलफल सुन्नुपर्ने र जवाफ दिनुपर्ने हुन्छ । तर म पूर्वनिर्धारित कार्यक्रमअनुसार पारिवारिक भ्रमणका लागि भारतको राँची आएका छौंं ।’ 

प्रहरी भर्नाका बारेमा प्रदेश सरकारले सर्वोच्च अदालतमा मुद्दा दायर तथा म स्वयं बाहिर भएकाले बैठक सहमतिको आधारमा २२ गतेसम्मका लागि स्थगित गरिएको छ । मन्त्री साहका अनुसार १८ फागुनका स्वदेश फर्केपछि संकल्प प्रस्तावका बारेमा छलफलको प्रक्रिया अघि बढाइने प्रदेश सभा सचिवालयले जानकारी दिए ।

सञ्चारमन्त्री साहले गत २६ माघमा पेस गरेको सो प्रस्ताव बारेमा छलफल गर्न प्रदेशसभाको बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको थियो ।

गत १ फागुनमा सो विषयमा छलफल गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै स्थगित भएको बैठक कार्यसूचीमा छलफल ९ दिनपछि पुनः शुरु हुने तय भएको थियो । 

तर सर्वोच्च अदालतमा परेको मुद्दा र मन्त्रीको पारिवारिक भारत भ्रमणका कारण संकल्प प्रस्तावमाथिको छलफल थप १२ दिनपछि हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ