arrow

विवाहमा गएकी किशोरीलाई उठाएर सामूहिक बलात्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
Rape-Cases.jpg

काठमाडौं ।  भारतको जसपुर जिल्लामा एक किशोरीमाथि पाँच युवकले सामूहिक बलात्कार गरेका छन् । विवाह समारोहमा सहभागी हुन गएकी युवतीलाई पाँच युवकले जबरजस्ती लगेर सामूहिक बलात्कार गरेका हुन् ।

किशोरी गत मे १७ गते राति गाउँमा विवाह समारोहमा सहभागी हुन गएकी थिइन् । उनी आदिवासी परिवारकी हुन् । विवाह समारोहबाटै ५ जना युवाले उनलाई उठाएका थिए ।

युवतीले आफूलाई बचाउन भनेपछि युवकहरूले उनलाई कुटपिट पनि गरेका थिए । त्यसपछि पाँच युवाले उनलाई सामूहिक बलात्कार गरेका थिए ।

 घटना भएको २४ घण्टाभित्र प्रहरीमा मुद्दा दर्ता भएको थियो । प्रहरीले घटनामा दुई अभियुक्तलाई पक्राउ गरेको छ भने अन्यको खोजी भइरहेको छ ।

 किशोरीमाथि सामूहिक बलात्कार गर्ने अभियुक्तविरुद्ध कडा कारबाही गर्न माग गर्दै स्थानीयले आक्रोश पोखेका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ