arrow

कयौँ दिनसम्म बङ्गलामा सडिरह्यो यी हिरोइनको शव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
nalini-jaywant.jpeg

काठमाडौं । भारती सिनेमाकी कुनै समयकी चर्चित अभिनेत्री हुन् नलिनी जयवंत । सो समयकी सुन्दर नायिका नलिनीको आज जन्मदिन हो । उनको तुलना मधुवालासँग हुने गर्थ्यो । आफ्नो करियरमा नलिनीले एकसे एक फिल्म गरिन् । नलिनीको जन्म १८ फेब्रुअरी १९२६ मा मुम्बईमा भएको थियो । नलिनी जयवंत सम्बन्धमा काजोलकी हजुरआमा शोभना समर्थकी काकाकी छोरी थिइन्। उनले बाल कलाकारका रूपमा फिल्म उद्योगमा डेब्यु गरेकी हुन् । त्यति बेला नलिनी १४ वर्षकी थिइन् ।

नलिनी जयवंतले सन् १९४१ मा महबूब खानको फिल्म ‘बहन’ बाट फिल्मी करियरको सुरुवात गरेकी थिइन् । देव आनन्ददेखि दिलीप कुमारसम्म उनको हिरो थिए । उनको कामबाट कायल पनि थिए। उनको सुन्दरताको प्रशंसा गर्ने र हेर्नेहरूको लाइन लग्थ्यो । नलिनीको मुस्कानलाई मानिसहरूले धेरै मन पराएका थिए । तर उनले जीवनभर अनुहारमा झुटो हाँसो राखिन्।

नलिनी भन्थिन्, 'यस्ता धेरै दुःख छन्, जुन देखिँदैन । त्यसको मतलब यो होइन कि त्यो दुख्दैन ।' नलिनी जयवंत सन् १९५० मा आएको फिल्म सङ्ग्रामबाट चर्चामा आएकी थिइन् । नलिनीको जीवनमा सुख थोरै र दुःख धेरै थियो । उनले दुई विवाह गरिन्, उनको पहिलो श्रीमान् वीरेन्द्र देसाई थिए । उनी निर्देशक थिए । नलिनीले अभिनेता प्रभु दयालसँग दोस्रो विवाह गरेकी थिइन् ।

दुई विवाहपछि पनि नलिनी आमा बन्न सकिनन् । त्यसको दुःख जीवनभरि रह्यो। चेम्बुरको युनियन पार्कमा उनको आलिसान बङ्गला थियो । जसमा दिनहुँजसो पार्टीहरू भइरहन्थ्यो तर विडम्बना अन्तिम घडीमा कोही थिएनन् । ८४ वर्षको उमेरमा उनी आफ्नो अन्तिम दिनमा पूर्णतया एक्लै थिइन् । उनको मृत्यु पनि रहस्यमय थियो ।

एकसे एक हिट फिल्म दिएकी नलिनीले आफूलाई संसारबाट पूर्णतया अलग गरेकी थिइन् । डिसेम्बर २०, २०१० मा नलिनीको शङ्कास्पद परिस्थितिमा मृत्यु भयो। त्यही आशिष् बङ्गलामा जहाँ मानिसहरू पार्टी गर्न भेला हुन्थ्यो । उनको मृत्युको खबर छिमेकीले पनि पाएनन् । उनको मृत्यु भएको केही दिनपछि एम्बुलेन्स आएर उनको शव लिएर गएको थियो । उनको अन्तिम संस्कार कसले गर्‍यो भन्ने कसैलाई थाहा भएन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ