arrow

सांसद बानियाँविरुद्धको बलात्कार मुद्दा दर्ता  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
mohan-baniya-samsad-lumbini.jpg
तस्बिर– फाइल

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले मुगुका सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता गरेको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं ३७२ मा दर्ता भएको छ । 

महिलाले बानियाँले ऋण फिर्ता गर्छु भनेर नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन् । यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले बहालवाला सांसदको हकमा सभामुखबाट अनुमति लिनुपर्ने भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको बताए । उनले भने, ‘सांसद विरुद्धको मुद्दा दर्ता भइसक्यो । अब अनुसन्धान अघि बढ्छ ।’

यसअघिको यो समाचार पनि पढ्नुहोस्–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ